उज्यालोमा कर दिने र लिने सिस्टम लागु गर्नुपर्छ- अर्थमन्त्री खतिवडा

पोखरा न्यूज- ०५, असोज ।

अर्थ मन्त्री युवराज खतिवडाले देशलाई उज्यालो मुलुक बनाउन उज्यालोमा कर दिने र लिने सिस्टम लागु गर्नुपर्ने बताएका छन। पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेसनको शुक्रबार पोखरामा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकलाई सुसान सहितको आर्थिक विकास गराउदै उज्यालोतर्फ लैजान कर दिदा र कर लिदा उज्जालो कोठाबाटै गर्नुपर्नेमा जोड दिएका हुन ।

उनले भने “छङ उज्यालो वा लाइट भए पछि छाम छाम छुमछुम त गर्नै परेन नी, त्यसो भएमा उज्यालोमा कारोवार गर्नु भयो भने कर प्रशासक साथीहरुले पनि उज्यालेमा कर संकलन गर्नुहोला, कर संकलन गर्दा अध्यारो कोठा तिर जान भएन, त्यो भएमा हामी सवै उज्यालै उज्यालो मुलुकमा हुन्छौं जसले हामीलाइ समृद्धि तर्फ लैजान सक्छ ।” अर्थ मन्त्री खतिवडाले करको दर भन्दा सरकारले करको दायरा बढाउन खोजेको बताए ।

व्यवसायिकता विकास भइरहेका क्षेत्रहरु, नगर उन्मुख गाँउहरु र शहरउन्मुख नगरपालिकाहरुमा सरकारले कर संकलन गर्ने अभियान सुरु गर्न लागेको उनले बताए । उनले भने “ नगर उन्मुख गाँउहरु र शहरउन्मुख नगरपालिकाहरुमा हामी कर कार्यालय स्थापना गर्ने छौं , कर सेवा केन्द्र स्थापना गरी केहि कर सेवा कार्यालयलाइ आन्तरिक राजश्व कार्यालय स्थापना गर्ने त केहि ठाँउमा छोटे भन्सार कार्यालय स्थापना गर्ने छौं, छोटे भन्सारलाई मुल भन्सार परिर्वतन गर्दै छौं यसो भएमा करको दायरा बढ्ने छ ।” कर तिर्नुपर्ने वा आर्थिक कृयाकलाप भएका स्थानबाट करको दायरामा ल्याउने सरकारको योजना भएको बताउदै अर्थमन्त्री खतिवडाले यदि कर तिर्नुपर्नेले कर नतिरे राज्यले कडा रुपमा प्रस्तुत भई एक रुपैया पनि कर छुट नगरी अशुल्ने दाबी गरे । उनले भने “ तिर्नु पर्ने कर राज्यले एक रुपैया पछि छाड्दैन र तिनुपर्नेमा एक रुपैया पनि दिन कुनै कन्जुसाई गर्दैन, मदिराजन्य, ईलेक्ट्रोनिकजन्य जती सुकै कारोवार भए पनि उनीहरुले सोझै मुल्य अभिबृद्धि करमा आउनु पर्छ । ” स्वदेशमा ठुलो लगानी भित्राउन निजी क्षेत्रके सहकार्य आबश्यक भएको उनले बताए ।

यसैबिच, इण्डोनेसियामा हालै सम्पन्न भएको १८ औं एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ खेलाडीलाई सम्मान गरिएको छ । अर्थमन्त्री युवराज खतिवडा, संघका अध्यक्ष विश्वशंकर पलिखेले लगायतले खेलाडीहरुलाइ सम्मानपत्रको साथमा फुल मालाले सम्मान गरेका हुन।

सम्मानित हुने खेलाडीहरुमा कप्तान बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेका छन । त्यसै मुख्य प्रशिक्षक योगश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउत रहेका छन। त्यस्तै टिमम सहभाागि महिला तीन जना खेलाडीलाई समेत सम्मान गरिएको छ ।

सम्मानित हुने महिला खेलाडीमा पाइलट त्रिषा श्रेष्ठ बमजन, प्रतिभा भुजेल र सविता तामाङ रहेका छन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button