काठमाण्डौको बि एण्ड बि हस्पिटलका केहि सेवा पोखराको रिजनलबाटै

पोखरा न्यूज- ०५, असोज  ।

काठमाण्डौंको बि एण्ड बि हस्पिटल र पोखराको रिजनल हस्पिटल बिच साझेदारी भएको छ । पोखरा क्षेत्रमा गुणस्तरिय सेवा दिने उद्धेश्यले काठमाण्डौको उक्त हस्पिटलसंग साझेदारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा रिजनल हस्पिटलका अध्यक्ष डा. जगत बहादुर खड्काले बताए ।

बि एण्ड बि हस्पिटलबाट अनुभवी चिकित्सक सहितको टोलीले रिजनल हस्पिटलमा सेवा दिने र जटिल प्रकृतिका  केसलाई भने रिजनलले बि एण्ड बि मा रिफर गर्ने जसबाट सेवाग्राहीलाई थप सुविधा पुग्ने  अध्यक्ष डा. खड्काले दाबी गरे । रिजनल हस्पिटलमा हाल ५० शैयाको वेड रहेको उनले जनाए ।  हस्पिटलले साझेदारी संगै हस्पिटलको सेवामा करिब एक करोड मूल्यका अत्याधुनिक प्रविधि सहितका मेसिनहरु भित्राएको अध्यक्ष डा. खड्काले जनाए ।

बि एण्ड बि हस्पिटलका प्रवन्ध निर्देशक बरिष्ठ प्रा.डा. जगदिशलाल बैद्यले आफु पोखरा क्षेत्रकै भएको नाताले रिजनल हस्पिटलसंग साझेदारी गरी पोखराबाटै अर्थपेडिक, जनरल सहितका गुणस्तरिय सेवा दिने लक्ष्य राखिएको  बताए । नयाँ प्रबिधिका साथमा दिगो रुपमा साझेदारी गर्न दुबै हस्पिटलले समन्वय गर्दै अघि बढ्ने उनले बताए । जटिल केसमा सेवाग्राहिलाई सहज ढंगले केहि सहुलियतमा बि एण्ड बि हस्पिटलमा उपचार हुने अन्यथा अन्य सामान्य तथा मध्यम प्रकृतिको उपचार भने पोखरामै गर्न सकिने अबस्था रहेको प्रा.डा. बैद्यले बताए ।

बि एण्ड बि हस्पिटलका बरिष्ठ प्रा.डा.असोक कुमार बाँस्कोटाले बि एण्ड बिमा हाल दैनिक जसो ४० वटा अप्रेशन हुने गरेको बताए । १ सय ७० जना चिकित्सकहरु भएको बताउदै पोखरामा यसको माग भएमा केहि व्यबस्थापन गरी सेवा दिन सकिने बताए । अमेरीकाबाट नेपाल आएर विगत ४ दशक देखि स्वास्थ्य क्षेत्रमा काम गरेको बताएका प्रा.डा. बाँस्कोटाले आफुहरुसंगको टिम वर्कले गर्दा बि एण्ड बिको सेवा गुणस्तरिय र ब्राण्डिङ हुन सफल भएको दाबी गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले काठमाण्डौंको बि एण्ड बि हस्पिटल संगको साझेदारी पोखराको हस्पिटलले गर्नु पोखरा क्षेत्रको लागि खुसिको कुरा भएको बताए ।

हस्पिटलमा शनिबार बि एण्ड बि हस्पिटलका बरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गरिने भएको रिजनल हस्पिटलका म्यानेजर अर्जुन प्रसाद शर्माले बताए । रिजनलका वोर्ड सदस्य चन्द्रकान्त पौडेलले हस्पिटलमा मुख तथा ओठ खोडे परेकाहरुको निःशुल्क उपचार हुने बताए ।

हस्पिटलमा अधिकाशं स्वास्थ्य परिक्षण हुने ल्याप टेक्निशियन सुर्यबहादुर रानाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button