पोखरा उद्योग वाणिज्य संघको निर्वाचन सूरु, बिद्युतीय मेसिनको प्रयोग

पोखरा न्यूज -६, असोज ।

पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनकोे निर्वाचन शनिबार बिहान देखि सुरु भएको छ । संघको अमृतकक्षमा भएको मतदानमा जिवन प्रकाश श्रेष्ठले बिद्युतीय मेसिनको प्रयोग गरी पहिलो मतदान गरेका हुन।

मतदान विहान करिब ८ः१५ बजे देखि सुरु भएको निर्वाचन कमिटिका संयोजक तिर्थ श्रेष्ठले बताए । उनका अनुसार शनिबार दिउँसो ४ बजेसम्म मतदान संचालन हुने भएको छ । रामलक्ष्मण ईनोभेसन नामको एक संस्थाले २२ वटा मेसिन ल्याई एकै पटकमा १९ जनाले मतदात गर्न सक्ने गरि व्याबस्था गरिएको निर्वाचन कमिटिका संयोजक श्रेष्ठले जनाए ।

संघले पहिलो पटक बिद्युतीय मेसिनको प्रयोग गरी मतदान गरेको हो । निर्वाचनलाई पारदर्शी, छिटो छरितो र प्रविधि मैत्रि बनाउने उद्धेश्यले संघको निर्वाचन बिद्युतीय मेसिनबाट गरिएको निर्वाचन कमिटिका संयोजक श्रेष्ठले बताए । मतदातालाई मतदान सम्बन्धि जानकारी गराउदै भोटिङ मेसिलको समेत प्रयोग गरिएको छ भने भोटिङ बदरको न्यून सम्भावना हुने संयोजक श्रेष्ठले जनाए ।

अध्यक्षको लागि एक, बरिष्ठ उपाध्यक्षमा एक, उद्योग तर्फको उपाध्यक्षमा एक, बाणिज्य तर्फको उपाध्यक्षमा एक, महासचिवमा एक, कोषाध्यक्षमा एक, उप–महासचिवमा एक, बाँकी १० जना सदस्यको लागि निर्वाचन हुने भएको हो । संघको नियम अनुसार एक जना मतदाता निश्चित पदाधिकारी तथा सदस्यको लागि भोटिङ अनिवार्य रुपमा गर्नु पर्छ। बिद्युतीय मेसिनमा हौलाले छोयर आफुलाई मन परेको उम्मेदवारलाई भोटिङ गर्न मिल्छ भने भोट गर्दा पुनः सच्चाउनु परेमा पनि मिल्छ । तर आवश्यकता भन्दा धेरै भोट हाल्न खोज्दा मेसिनले काम पुरा भएको संकेत गर्छ । त्यसै गरी बस्तुगत तर्फ ४ र कर्पोरेट तर्फ २ औधोगिक तर्फ एक गरी २४ पदमा निर्वाचन हुने भएको हो । ३ हजार ३ सय ७७ जना संघमा आवद्ध सदस्यहरु रहेकाछन।

दामु अधिकारी र रवीन्द्र बहादुर प्रजूको नेतृत्वको प्यानल सहितको टोलीले आज बिहानै देखि मतदातासंग नमस्कार गर्दै आफ्नो पोल्टामा मत पार्न मत माग्दै गरेकाछन। अध्यक्ष दुई प्रत्यासि अधिकारी र प्रजु मुख्य दुई पार्टी निकट अधिकारी बामपन्थी र प्रजु लोकतान्तिक प्यानलमा चुनावी मैदानमा उत्र्रिएका हुन। अधिकारी हाल संघको निवर्तमान महासचिव र प्रजु बरिष्ठ उपाध्यक्ष हुन ।

अध्यक्षका प्रत्यासी प्रजुको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नारायण कोईराला, उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, उप महासचिवमा चिनु गुरुङ रहेका छन। त्यसै गरी सदस्यहरुमा बलराम बराल, केशब बहादुर खत्री, दिनेश चन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिवल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी रहेका छन।

त्यसै गरी दामु अधिकारीकोे प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल, उपमहासचिवमा सीता बराल, कार्यसमिति सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल रहेकाछन। अधिकारी बामपन्थी र प्रजु लोकतान्त्रिक प्यानलमा मैदानमा उत्रिएका हुन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button