पोखरा – २२ ठुलढुङ्गगामा स्कुटर दुर्घटनामा परि २ घाइते

पोखरा न्यूज – ०६, असोज  ।

पोखरा महानगरपालिका -२२ ठुलढुङ्गगा फुस्रेखोलामा शनिबार स्कुटर दुर्घटनामा परि २ जना घाइते भएका छन्  ।

पोखराबाट स्याङजा जांदै गरेको ग १ ख ४१५० नम्बरको बसमा ग १२ प ६६५ नम्बरको स्कटुर ठोकिन जाँदा स्कुटरमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि स्याङजाको वालिङ नगरपालिका-६ का  १८ बर्षीय बिशाल कोइराला र पछाडी सवार  १९ बर्षिया  रेजिना कोइराला घाइते भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार दुर्घटनामा घाइते भएका दुबैको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ  ।

दुर्घटनापछी  बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button