फेदीखोला-२ जिरोमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा १ घाइते

पोखरा न्यूज- ०६ , असोज ।

स्याङ्जाको  फेदीखोला गाउँपालिका -२ जिरोमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा १ जना  घाइते भएका छन् ।

जिरो स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट स्याङजा तर्फ जादै गरेको ग २ च ६९७० नम्बरको  जिपले विपरित दिशाबाट आउदै गरेको लु११प ६९३१ नम्बरको  मोटरसाइकललाई लाई ठक्कर दिदा १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि  मोटरसाइकलको  पछाडि सवार ५६ बर्षीय  शेर वहादुर दर्जि घाइते भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार घाइते दर्जिको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको  छ ।

प्रहरीले  जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button