पोखरा काहुँडाँडामा बस दुर्घटना हुँदा ८ जना घाइते

पोखरा न्यूज – ०७, असोज ।

पोखरा महानगरपालिका – ११ काहुँडाँडामा आइतबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

काहुँबाट बजार तर्फ आउदै गरेको ग १ ख ६०९८ नम्बरको बस दुर्घटनामा हुदाँ ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डीएसपी रबिन्द्रमान गुरुङले बताए ।

डीएसपी गुरुङका अनुसार घाइतेहरु मध्ये २ जनाको अवस्था मध्यम रहेको र अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचार भइरहेको छ । उनिहरुको परिचय भने खुल्न बाकी रहेको डीएसपी गुरुङले बताए । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको उनले जनाए ।

बसको गति बढी भएका कारण घुम्ती काट्ने क्रममा  अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button