पोखरामा लाउरे तथा प्रहरीको सई हुँ भन्दै यौन शोषण तथा ठगी गर्ने पक्राउ

नक्कली फेसबुक बनाई लाखौ ठगी गरेको खुलासा

पोखरा न्यूज – ०८, असोज ।

पोखरामा व्रिटिश लाउरे तथा नेपाल प्रहरीको सई हुँ भन्दै यौन शोषण गर्ने तथा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
सुर्खेत भेरिगंगा नगरपालिका -१३ घर भएका ३२ बर्षीय बिर्ख बहादुर थापा यौन शोषण तथा ठगी गरेको आरोपमा पोखरा पृथ्विचोकबाट पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

आफुलाई लाउरे हु भनि बिभिन्न प्रलोभन देखाएर बोलाई यौन शोषण गरेको भन्ने पिडित महिलाको उजुरीको आधारमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले बताए । पिडित महिलाले गत जेठ २९ गते पृथ्विचोकको होटलमा बोलाई यौन शोषण गरेको र बिहान शौचालयमा थुनेर नगद ३ लाख ५० हजार र ४ तोला सुनका गरगहना चोरेको भनि उजुरी दिएकी थिइन ।

थापाले करिब १ वर्ष देखि नक्कली फेसबुक आईडी बनाई ठगी गर्दै आएको खुलासा समेत भएको छ । उजुरीका आधारमा थापालाई पक्राउ गरी थप अनुसन्धान गर्दै जादा उसले १ वर्ष देखी यस्तो कार्य गर्दै आएको खुलेको डिएसपी गुरुङले जानकारी दिए । थापाले फेसबुकमा ५ सय जना भन्दा महिलाहरुलाई साथी व्रिटिश लाउरे तथा नेपाल प्रहरीको सई भनेर ठग्ने गरेको उनले बताए ।

प्रबक्ता गुरुङका अनुसार थापाको बिरुद्धमा २ महिलाबाट जवरजस्ती करणि र चोरी मुद्धामा जाहेरी समेत परेको छ ।

थापालाई चोरी र जवरजस्ती करणी मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button