पोखरा बागमारामा ९ बटा घर चोरी गर्ने व्यक्ति पक्राउ

पोखरा न्यूज – ०८, असोज ।

पोखरा महानगरपालिका – ३३ बागमारामा चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले  पक्राउ गरेको छ ।

गत भदौ ३ गते राति बागमाराका ९ बटा घर तथा कोठा फोरी चोरी गर्ने मकवानपुर ईन्द्रसरोबर गाउँपालिका – ५ घर भई काठमाण्डौ – १० गर्जुधार बस्ने २६ बर्षीय बिमल दोङ्ग (लामा) पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले  थालेको चोरी निष्तेज अभियानलाई तिब्रता दिने क्रममा दोङ्ग पक्राउ पर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले बताए ।

उक्त घटनामा दोङ्ग  बाहेक उदयपुर वेलटार घर भई ललितपुर बस्दै आएका  ४५ बर्षीय  सागर राइको समेत संग्लनता रहेको खुल्न आएकोले उनको खोजि कार्य जारी रहेको समेत डिएसपी गुरुङले जानकारी दिए ।

दोङ्गलाइ चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button