पोखरामा मृत भेटिएकी बालिकाको शब अर्धनग्न अवस्थामा, अनुहार र शरीरमा चोटै चोट

डिएनबी, पोखरा न्यूज- ९, असोज ।

सोमबार साँझ बिष्कुट लिन भनि घरबाट निस्केकी बालिका मंगलबार बिहान घर देखि ५ मिनेटको परको दुरीमा मृत अवस्थामा भेटिइन् । हातमा १० रुपैया लिएर हिडेकी पोखरा महानगरपालिका २२ कोदीकी १० बर्षीया श्रेया सुनार ५ मिनेटको परको दुरीबाट घर फर्किन पाइनन् ।

उनको शब् बिहान करिब ८ बजे तिर घर नजिकैको झाडीमा अर्धनग्न अस्थामा अनुहार र शरीरमा चोटै चोट लागेको अबस्थामा अबस्थामा फेला पर्यो । अनुहार र टाउकाको भागमा ठुलो चोट तथा शरीरमा निल डाम सहित घोप्टो परेको अवस्थामा स्थानियले उनको शब् भेटेपछी प्रहरीलाई खबर गरे । बालिकाको शरीरको माथिल्लो भागमा कपडा नहुनु साथै लगाएको सुरुवाल समेत केहि तल खोलेको अबस्थामा भेटिनुले घटना शंकास्पद रहेको स्थानियले बताएका छन् ।

आफ्ना हजुरबा हजुरआमा संगै बस्दै आएकी स्थानिय लिला आधारभूत माविमा कक्षा ३ मा अध्ययनरत बालिका सोमबार साँझबाट सम्पर्क विहिन भएपछी स्थानियले खोजतलास गरेका थिए । साँझ देखि आफ्नो ईष्ट मित्रकोमाकेन्द्रित गरी बालिकाको खोजी कार्य भए पनि नभेटिएपछि घर नजिकको खोल्सा तथा झाडीहरुमा खोज्ने क्रममा बालिका बिहान मृत अबस्थामा भेटिएको स्थानिय तुल्सी ढकालले बताए । ढकालले बालिकाको रहस्य मय ढंगले हत्या गरी फालेको हुनसक्ने बताएका छन् । उनले भने “ हामीले विहान बालिकाको खोज तलास गर्दा मुल बाटो भन्दा करिब ५० मिटर पुर्वतर्फको झाँडी सहितको जंगलमा शव भेटिका हौं, कसैले हत्या गरेरै फालेको हुन सक्छ । ”

उनको शव भेटिएको स्थान भन्दा करिब ३० मिटर टाडाको दुरीमा एउटा पुरानो घर रहेको छ जुन घरमा हाल कुनै व्यक्ति बस्दैनन भने घरको पुर्वपट्टि कोठामा पस्न मिल्ने भाग खुल्ला रहेको छ । स्थानीयले सोहि स्थान वरपर उनको बलत्कार पछि हत्या भएको हुन सक्ने जनाएका छन् । बालिकाका काका मनिलाल विकले बालिकाको बलात्कार पछि हत्या भएको हुन सक्ने दाबी गर्दै तत्काल अनुसन्धान गरि अपराधीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए ।

घटनाको सत्य तथ्य सार्वजनीक गरी हत्यारालाई छिटो भन्दा छिट्टो पक्ता लगाई कारवाही गर्न माग गर्दै स्थानियले एम्बुलेन्स सहित प्रहरीको टोलीलाई केहि समय अबरोध समेत गरेका थिए । घटनास्थलमा केहीबेरको अबरोधपछी स्थानियले चिनेको चिकित्सकले शब् पोष्टमाटम गर्ने सर्तमा शव सहित प्रहरीलाइ छाडेका हुन। स्थानियले प्रहरी र चिकित्सकको मिलेमतोमा पोष्टमाटमको रिपोर्ट गलत आउने आशंकामा स्थानियको रोहवरमा पोष्टमाटम गर्नुपर्ने माग गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले पोष्टमाटम पछि मात्र घटनाको बारेमा केहि भन्न सकिने बताए । घटना संकास्पद रहेको भन्दै एसपी रानाले प्रहरीले कुनै कसुर बाकि नराखी अनुसन्धान गर्ने बताए ।

बालिकाकी आमा वेलकुमारी सुनार बिरामी भएका कारण बालिका गत बुधबार घरबाट हजुरबाको घरमा बस्न आएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button