अब पोखरा रंगशालामा प्रवेश गर्न पास चाहिने

पोखरा न्यूज- ९, असोज ।

अब पोखरा रंगशालामा प्रवेश गर्न पास चाहिने भएको छ  । जिल्ला खेलकुद विकास समिति कास्कीले रंगशाला भित्र प्रबेश गर्न  प्रबेस पास चाहिने  व्यवस्था गर्न लागेको हो ।

आगामी मंसिर एक गते देखि  रंगशाला भित्र प्रबेश गर्दा अनिवार्य रुपमा  प्रबेस पास देखाउनुपर्ने  व्यबस्था गरेको खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । रंगशालालाई व्यवस्थित पार्ने उद्देश्यले समितिले उक्त निर्णय गरेको बरालले जनाएका छन्  ।

समितिले मंगलबारदेखि क्यू आर कोड सहितको स्मार्ट प्रबेश पास वितरण सुरु गरेको  छ । मंगलबार पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रबिन्सन प्रजुले पुर्व खेलाडी हिमाल खड्कालाई प्रबेस पास हस्तान्तरण गरी उक्त प्रबेस पास वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन।

 प्रबेस पास पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीद्धारा वितरण गरिने पुर्व घोषणा गरे पनि मेयर जिसी कार्यक्रममा सहभागी नभए पछि महानगरपालिकाका खेलकुद संयोजक समेत रहेका प्रजुले उक्त प्रबेस पास वितरणको शुभारम्भ गरेका हुन।

पोखरा महानगरपालिकालाई स्मार्ट सिटि बनाउने अभियान अन्तर्गत  समितिले उक्त प्रबेस पास वितरण गरेर रंगशलालाई स्मार्ट बनाउने अभियानमा लागेको अध्यक्ष प्रजुले बताए ।

मंगलबार पहिलो दिनमै ५ सय १० जनालाई प्रबेस पास वितरण गरिएको समितिका कार्यालय प्रमुख बरालले जनाए । रंगशालामा प्रबेस गर्दा मर्निङवाक गर्ने व्यक्तिहरूका लागि वार्षिक ५ सय रुपैयाँ शुल्क लाग्नेछ भने खेलाडीले बार्षिक ५० रुपैया, विभिन्न खेल संघमा आबद्ध सदस्य तथा समितिका पदाधिकारीलाई बार्षिक १ सय शुल्क लाग्ने भएको समितिका अध्यक्ष यामबहादुर गुरुङले बताए । जेष्ठ नागरिक र पदकधारी खेलाडीहरुलाई भने निःशुल्क प्रबेस पासको व्यबस्था गरिने उनले जनाए ।

लाहुरे भर्ती हुने युवाहरू हाल पोखरा रंगशालामा शुल्क तिरेर प्रशिक्षण गर्ने गरेका छन् भने त्योबाहेक अन्यको शुल्क लिइएको छैन । पोखरा रंगशालामा हाल दैनिक जसो २ हजार देखि २ हजार ५ सय जना प्रबेस गर्ने गरेको समितिका कोषाध्यक्ष एवं प्रबेस पास संयोजक दीपक गोदारले बताए ।

नेपाल फिजिकल फिटनेश ट्रेनिङ सेन्टरसंग समितिले बार्षिक रुपमा ९ लाख लिने गरी रंगशालामा लाहुरे  ट्रेनिङको लागि अवसर दिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button