पोखरा -२२ कि श्रेयाको छिमेकीलेनै बलात्कार पछि हत्या गरेको खुलासा

पोखरा न्यूज- १०, असोज ।

पोखरा-२२ पुम्दी भुम्दी कोदीकी – १० वर्षीया श्रेया सुनारको बलात्कारपछि नै हत्या भएको खुलासा भएको छ ।

घटनापछि तत्काल अनुसन्धानमा खटिएको कास्की प्रहरीले लगतै अपराधी समात्न सफल भएको हो । घटनापछि शंकास्पद केहि ब्यक्तिलाइ मगलबारनै पक्राउ गरेर अनुसन्धान थालेको कास्की प्रहरीले यसपटक एकै दिनमा सफलता हात परेको छ ।

गोप्य श्रोतले पोखरा न्यूजलाई दिएको जानकारी अनुसार श्रेयाका आफ्नै छिमेकीले बलात्कारपछि उनको हत्या गरेको भनि स्वीकार गरिसकेका छन् । घटनामा श्रेया बस्दै आएको हजुरबाको घर नजिकैका करिब  ३० बर्षीय कुसुम पौडेल संलग्न रहेको खुल्न आएको  श्रोतले जनाएको छ । बालिका बस्दै आएको घरबाट २ मिनेटको दुरीमा घर भएका पौडेल ४ बर्षीय बच्चाको बाबु समेत हुन् ।

कास्की प्रहरीले  पक्राउ पर्ने व्यक्तिको बयानका आधारमा  थप अनुसन्धान भइरहेको जनाएको  छ ।

सोमबार साँझ बिस्कुट किन्न पसल गएकी श्रेया सोही बेलादेखि हराएकी थिइन् । मंगलबार बिहानै उनलाई घर नजिकैको झाडीमा अर्धनग्न अवस्थामा मृत फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान ( पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले बालिकाको बलात्कार पछी हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टी गरिसकेको बालिकाका आफन्तले जनाएका छन्  ।

 प्रहरीले सम्भवत आजै घटनाको बारेमा यथार्थ सार्वजनिक गर्दैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button