Pokhara News
Image default

प्रधानमन्त्री ओली रात्रिभोजमा संलग्न

पोखरा न्यूज – १४, असोज  ।

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गर्नुभएको रात्रिभोजमा संलग्न भए । उनको सम्मानमा आयोजित रात्रिभोजमा अन्य नेपाली प्रतिनिधिमण्डलको पनि सहभागिता थियोे ।

त्यसअवसरमा महावाणिज्यदूत भिक्टोरिया बादिला भीले प्रधानमन्त्रीको स्वागत गरेका  थिए भने प्रधानमन्त्री ओलीका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले धन्यवाद व्यक्त गरेका  थिए ।

प्रधानमन्त्री ओलीको साथमा उनको धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् । उक्त प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

अन्य खबर

भ्रष्टाचार र अनियमितता विकासको बाधक

रासस

तनहुँका सबै स्थानीय तहमा नेकपाको पार्टी संयन्त्र

रासस

‘पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक’

रासस