पोखराको बाघमारामा जिप दुर्घटना हुदाँ ४ जना घाइते

पोखरा न्यूज – १४, असोज

पोखरा महानगरपालिका – ३३ बाघमारामा जिप दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।

आइतबार बिहान ग १ य ९१८ नम्बरको  स्करपिओ जिप दुर्धटना हुँदा जिपमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

घाइतेको गण्डकी मेडिकल कलेज पोखरा र नमस्ते हस्पिटलमा उपचार भइरहेको डिएसपी गुरुङले बताए । घाइते हुनेमा  बर्ष २८ का प्रकाश पौडेल, अन्जित गुरुङ र सुदिप आचार्य  तथा बर्ष ४३ का केशब भुजेल रहेको  डिएसपी गुरुङले उल्लेख गरे ।  र उनीहरुको अवस्था सामन्य रहेको बताइएको छ  ।

प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button