पोखरा मोबाइल टावरमा फेस्टिबल अफर, बम्पर पुरस्कारमा स्कुटर

पोखरा न्यूज – १४, असोज ।

दसैं, तिहार, छठ जस्ता चाड पर्वलाई लक्षित गर्दै पोखरा मोबाइल टावरले  फेस्टिबल अफर ल्याएको जनाएको  छ ।

पोखराको महेन्द्रपुलमा रहेको टावरले भदौ १५ देखि शुरु भई कात्तिक महिनाभर कायम रहनेगरी अफर लागु गरेको जनाएको हो    । पोखरा टावर प्रालिका अध्यक्ष सञ्चालक देव नारायण श्रेष्ठले उक्त अवधिमा टावरमा जुनसुकै सामान किन्दा पनि विशेष छुट दिइने बताए ।  ‘चाडपर्वको उमंगमा अझ रौनक थप्न स्किम ल्याएको उनले जानकारी दिए  ।’

अफर अन्तर्गत हरेक दिन लक्की ड्रमार्फत १ जनालाई मोबाइल सेट र ३ जनालाई भित्ते घडी दिइनेछ । टावरमा सामान खरिद गर्दाका कुपनहरु समावेश गरी मंसिर ३ गते बम्पर उपहार खोलिने पोखरा टावर सञ्चालक समिति सचिव नारायण सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार  बम्पर पुरस्कार विजेताले स्कुटर पाउनेछन् ।

८० वटा मोबाइल पसल रहेको टावरको अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निशुल्क पार्किङको व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, मोवाइल पार्ट्सका समेत पसल छन् ।

५ तले आधुनिक भवनमा सबैजसो कम्पनीका मोबाइलका  होलसेल तथा खुद्रा पसल छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button