पेट्रोलियम पदार्थ ठुवानी गर्ने ट्याङकरमा करिब ३ सय किलो गाँजा !

पोखरा न्यूज – १७, असोज  ।

करिब ३ सय किलो गाँजा सहित ट्याङकर चालक पक्राउ परेका छन् ।

चितवनबाट हेटौँडा जादै गरेको ना ४ ख ३९६९ नंबरको ट्याङकरमा गाँजा लुकाएर लगेको अवस्थामा अमलेखगंज बस्ने ३८ बर्षीय प्रहलाद बहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

ठकुरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय ९५ किलो गाँजा सहित पक्राउ गरेको जनाएको छ । ठकुरीले पेट्रोलियम पदार्थ ठुवानी गर्ने ट्याङकरमा गाँजा तस्कर गरेका हुन्  ।

गाँजा ओसार्न प्रयोग गरिएको ट्याङकर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button