चितवन टाइसर्गलाई उपाधि

पोखरा न्यूज- १७, असोज ।

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ ।

नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा आज सम्पन्न फाइलनमा चितवनले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

चितवनले एपिएफलाई २५–२०, २५–१७ र २५–११ को सेटमा पराजित गर्यो । तीन विदेशी खेलाडीसहित प्रतिस्पर्धामा उत्रेको चितवनसामु सशस्त्र कमजोर देखियो । उपाधिसँगै चितवनले रु छ लाख, उपविजेता एपिएफले रु तीन लाख र तेस्रो भएको न्यू डायमण्डले रु एक लाख ५० हजार प्राप्त गर्यो ।

उत्कृष्ट खेलाडीमा शाही

प्रतियोगितामा चितवन टाइगर्सकी अरुणा शाही उत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट हुँदै अरुणाले एक थान स्कुटर र रु ५० हजार प्राप्त गरिन् । यसअघि सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लब र एपिएफले न्यू डायमण्डलाई हराएर फाइनल पुगेका थिए ।

यसैबीच आजै भएको पहिलो खेलमा न्यू डायमण्डले नेपाल प्रहरीलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित गरी तेस्रो भएको थियो । विजेतालाई पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्र चन्द लागयतले पुरस्कार प्रदान गरे ।

फाइनल खेल हेर्न पुगेका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दुवै टोलीलाई जितको शुभकामना दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button