नेपालले थाइल्यान्डलाई दियो १७३ रनको लक्ष्य

पोखरा न्यूज – २१, असोज ।

आइसिसि विश्व टिट्वान्टी क्वालिफायर एसिया क्षेत्र बी अन्तर्गत आज भइरहेको खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । नेपालका लागि करन केसी १४ बलमा अविजित ४० रनको शानदार पारी खेले । त्यस्तै शरद भेष्वाकरले ३४(२८) र दीपेन्द्र सिंह एेरीले ३०(२६) रनको योगदान दिए । अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेका करनलाई साथ दिदैँ सोमपाल कामीले अविजित ४ रन बनाए ।

१७३ रनको लक्ष्यका साथ थाइल्यान्ड केही क्षणमा ब्याटिङमा उत्रनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button