स्थायी गर्न माग गर्दै शिक्षकद्वारा प्रदर्शन

पोखरा न्यूज – २१, असोज ।

पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पुर्याएर स्थायी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको समितिका काठमाडौँ महानगरपालिका समितिका अध्यक्ष शङ्करराज न्यौपानेले बताए । उनले भने, “अस्थायीको प्रक्रियामा लगेपछि हामी त्यहीँबाट स्थायीको प्रक्रियामा सहभागी हुनेछौँ ।”

सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ । विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button