बजारमा चिनीको अभाव छैन– आपूर्तिमन्त्री

पोखरा न्यूज – २१, असोज ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट गरेका छन् । आज काठमाडौँ आयोजित साक्षात्कारमा मन्त्री यादवले थपे, “बजारमा चिनीको अभाव छ भन्ने हल्ला निराधार हो । बजारमा कहीँ कतै चिनीको अभाव छैन ।”

नेपालमा हाल एक लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको र बजारको आवश्यकता दुई लाख ३० हजार मेट्रिक टन रहेको जानकारी दिँदै ५० हजार मेट्रिक टन बाहिरबाट खरीद गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले बताए । उनले आर्थिक वर्ष २०७४÷७५ मा दुई लाख ३५ हजार मेट्रिक टन चिनी बजारमा रहेको उल्लेख गरे ।

मन्त्री यादवले नेपाली उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिँदै उत्पादन लागत र किसानको मिहिनेतका आधारमा नेपाली चिनी प्रतिकेजी रु ५९ मा बिक्री गर्न सक्ने अवस्था नरहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button