पिपिएल् लाई आईसिसिको आधिकारिक मान्यता

पोखरा न्यूज- २२, असोज ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले पोखरामा हुन लागेको प्रथम पोखरा प्रिमियर लिग (पिपिएल) लाई आधिकारिक मान्यता दिएको छ ।

आयोजकका अनुसार आइसिसिले मागेका सबै आवश्यक कागजात पुर्याएपछि प्रतियोगिताले आधिकारिक मान्यता पाएको हो । यससँगै अब अन्तर्राष्ट्रिय खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन आ-आफ्नो देशको सम्बन्धित बोर्डबाट नो अब्जेक्सन लिन सहज हुनेछ । क्विन्स इभेन्टले आयोजना गरेको प्रतियोगितामा नेपाली तथा विदेशी खेलाडीहरु ६ टिममा आवद्ध छन् । सिङ्गल राउन्ड रोबिन लिगमा खेलाइने प्रतियोगिता अक्टोबर २६ देखि शुरु हुनेछ ।

प्रतियोगिताले समग्र नेपाली क्रिकेटको विकास गर्ने बताउँदै आयोजकले आइसिसिलाई हार्दिक धन्यवाद दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button