सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने

पोखरा न्यूज- २३, असोज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने बताएका छन् ।

मङ्गलबार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती लमजुङद्धारा लमजुङमा आयोजित कार्यक्रममा उनले दैनिक सुशासन÷जनसेवा परिचालन तथा जनताको अधिकार घरदैलोमा पुर्याउन स्थानीय सरकारको परिकल्पना गरिएको बताए ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले गुनासोअनुसार कर्मचारी समायोजनको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिए । सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने उनको तर्क रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button