पाल्पा-पोखरा पर्यटकीय बस सञ्चालन

पोखरा न्यूज – २५, असोज ।

पाल्पादेखि पोखरासम्म पर्यटकीय बस सञ्चालन गरिएको छ । प्रदेश नं ५ का सांसद डा पुरन बज्राचार्यले पर्यटकीय बस सेवाको शुभारम्भ गरेका छन् ।

सांसद बज्राचार्यले सो सेवालाई निरन्तरता दिनुपर्ने बताए । सो सेवाको प्रचार प्रसारमा उनले जोड दिए । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जिल्लाको पर्यटन विकासका लागि पर्यटकीय बस सेवाले निरन्तरता पाउनुपर्ने बताए ।

पाल्पाली समाज पोखराको पहल र तानसेन नगरपालिकाको समन्वयमा सञ्जोग ट्राभल्सले पर्यटकीय बस सञ्चालन गरिएको हो । पाल्पादेखि पोखरासम्म प्रतिव्यक्ति भाडा रु ६०० रहेको छ । बस हरेक दिन पाल्पा र पोखराबाट बिहान ८ बजे छुट्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button