विपन्न वर्गका बालबालिकाको हितमा काम गर्न विदेशीको मुख ताक्नुपर्ने अवस्था छ – दामु अधिकारी

गणेश बराल, पोखरा न्यूज – २५, असोज ।

पोखरा उद्योग बार्णिज्य संघका अध्यक्ष दामु अधिकारीले गरिब तथा विपन्न वर्गका बालबालिकाको हितमा काम गर्न विदेशी दाताको मुख ताक्नुपर्ने अवस्था रहेको बताएका छन्। विपन्न वर्गका बालबालिकाहरु उचित स्याहार सुसार तथा पठनपाठन पाउनबाट बन्चित भएको जनाउदै अधिकारीले उनीहरुको हितमा काम गर्न चाहने संघ सस्थाले समेत बिदेशी गुहार्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

पोखरा–६, बैदाम स्थित शिशु विकास तथा स्याहार केन्द्रको १२ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष अधिकारीले पोखरा उद्योग बार्णिज्य संघले बालश्रमिक तथा निम्न वर्गका बालबालिकाको हितमा काम गर्दै आएको बताउदै उक्त कामका लागि संघले समेत बिदेशी दाताकै सहयोग लिएको बताए । उनले भने – ‘हामीले यस क्षेत्रमा विशेषगरि बालश्रम न्यूनीकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएका छौ जसका लागि हामीले जर्मनको ‘किडासा’ नामको सस्था संग सहकार्य गरिरहनुपरेको छ ।‘ सरकारी निकायको उदासिनताको कारण बाहिरबाट डलर आउछकी भनेर कुर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । ठोस तवरले सरकारीस्तरबाटै नीति तथा कार्यक्रम लागु नगरेसम्म बालश्रम न्यूनीकरण नारामै सिमित हुने उनको भनाई थियो । उनले बालबालिकाको हितमा काम गर्न स्याहार केन्द्र सँग सहकार्य गर्न संघ तयार रहेको समेत बताए ।‘

कार्यक्रममा केन्द्रलाई अक्षयकोष स्थापना गरि सहयोग गर्ने केन्द्रका पूर्व अध्यक्ष पर्यटन ब्यबसायी गोविन्दराज पहारी, मित्रलाल पहारी, क्रिस्टल मन्टेश्वरी, धर्मराज खड्का, सामुदायिक सेवा केन्द्र वैदामका अध्यक्ष मीना भट्टराई, केन्द्रका लेखा परिक्षक टिकाराम सापकोटा लगायतका बिभिन्न सहयोगि व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा केन्द्रका सल्लाहकार समेत रहेका गोविन्दराज पहारीले स्वर्गीय बुबा आमा लिलाधर पहारी तथा सेतु पहारीको स्मृतिमा अक्षयकोष स्थापनाका लागि रु १ लाख ९ हजार रकमको चेक केन्द्रलाई हस्तान्तरण गरेका थिए ।

यसैबीच केन्द्रको १२ औ वार्षिक साधारण सभा तथा ९ औ अधिवेशनबाट अध्यक्षमा अनिल थापा चयन भएका छन । केन्द्रको उपाध्यक्षमा विष्णु केसी, सचिवमा धर्म नाथ उपाध्याय, सह-सचिवमा मिना ढकाल, कोषाध्यक्षमा ललिता ढुंगाना र सह-कोषाध्यक्षमा रामेश्वर न्यौपाने चयन भएका छन । त्यसैगरी समितिको सदस्यहरुमा सन्तु माया श्रेष्ठ, इन्दीरा गैरे, संगीता वराल चयन भएका छन । आगामी दुइवर्षे कार्यकालको लागी थापाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो । ११ सदस्यीय समितिमा २ जना भ्सने निर्वाचित समितिले मनोनित गर्ने प्रावधान रहेको बताइएको छ ।

निवर्तमान अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीकृष्ण अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने सह-सचिब ललिता ढुंगानाले कार्यक्रमको संचालन गरेकी थिइन् । बि.स. २०५२ सालदेखी स्थापना भएको शिशु स्याहार केन्द्रमा हालसम्म ७ सय २० जना विपन्न वर्गका बालवालिकाहरुले सेवा पाएको बताइएको छ । हाल केन्द्रमा २५ जना विपन्न वर्गका बालवालिकाहरु रहेका छन भने पोखरा महानगरपालिकाको सहयोगमा महानगरले तोकेका २ जना र सस्थाको तर्फबाट १ जना गरि ३ जना कर्मचारी कार्यरत रहेका छन ।

२/३ वर्ष तलका बालबालिकाको शारिरीक तथा मानसिक विकासका लागि शिशु स्याहार केन्द्रले काम गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button