पोखरामा नयाँ नोट साट्नेको भिड, ४ अर्वको नयाँ नोट साटियो

डीएनबी, पोखरा न्यूज – २६, असोज ।

दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा नयाँ नोट साट्नेको भिड् लागेको छ । असोज २१ गतेदेखि नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सुरु गरे संगै आम उपभोक्ताहरु नयाँ नोट साट्नको लागि बैंकमा लाइन बस्न थालेका हुन्  ।

दशैं पर्व नजिकिदै जादा नयाँ नोट लिने आम उपभोक्ताहरुको सङख्या बढ्दै गएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक पोमनाथ गौतमले पोखरा न्यूजलाई बताए। उनका अनुसार नयाँ नोट साट्न हाल दैनिक जासो ५/६ सय जना राष्ट्र बैंकमा पुग्ने गरेका छन । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले विहान १० बजे देखि दिउसो ४ बजेसम्म नयाँ नोट साट्ने भएपछि पोखरा र पोखरा आसपासका आम उपभोक्ताहरु विहानै देखि बैंक परिसरमा पुगि लाइन बस्ने गरेकाछन । राष्ट्र बैंकले हाल दुई वटा काउण्टरबाट नयाँ नोट साट्ने व्यबस्था गरेको छ ।

अधिकाशं उपभोक्ताहरुले यस बर्ष भने २० र १०० रुपैयाको नोट बढी साट्न खोजेको पाइएको छ । यद्यपी यस बर्ष नेपाल राष्ट्र बैंकले गत बर्षको भन्दा धेरै रकम दिने व्यबस्था गरेको छ । बैंकले यस बर्ष २७ हजारसम्म अर्थात एक सयको एक बन्डल बाहेक ५, १०, २०, ५० का दुइ/दुई बन्ड दिने गरेको छ । बैंकले गत बर्ष ८ हजार ५ सय अर्थात ५, १०, २०, ५० र १ सयको एक/एक बन्डल दिने गरेको थियो ।

हालसम्म राष्ट्र बैैंक पोखराले  शाखाबाटै लाईनमा बसेका आम उपभोक्ताहरुलाइ २० करोड रुपैया भन्दा बढी नयाँ नोट साटेको निर्देशक गौतमले बताए । उनका अनुसार राष्ट्र बैैंक पोखरा शाखाले हालसम्म बैंक तथा वित्तिय संस्थालाई २ अर्ब १३ करोड र नोटकोषमा रहेका बाणिज्य बैंकका शाखाहरुलाई १ अर्ब ६५ करोड रुपैया नयाँ नोट साटेको छ ।

हालसम्म पोखरा क्षेत्रबाट गण्डकी प्रदेशलाई लक्षित गरी करिब ४ अर्ब नयाँ नोट साटिएको बताइन्छ । गण्डकी प्रदेशमा  एक हजार भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button