करको कारण पोखरामा भेडा च्याङग्राको मुल्य बृद्धि भएको व्यवसायीको भनाई

मुगु, डोल्पा र मुस्ताङका भेडा, च्याङग्रा पोखरामा

डिएनबी, पोखरा न्यूज- २७, असोज ।

करको कारणले यस बर्ष पोखरामा भेडा च्याङग्राको मुल्य बृद्धि भएको छ । व्यवसायीहरुले मुस्ताङ, म्याग्दी, वेनि हुदै पोखरा भित्राउदा प्रति भेडा च्याङग्राको करिब २ सयको हाराहारीमा कर तिरेको बताएका छन् । यससंगै पोखरा महानगरपालिकाले प्रति भेडा च्याङग्रा प्रति दिन १५ रुपैया कर संकलन गरिरहेको छ ।  ब्यबसायीहरुले भेडा च्याङग्रा पोखरा भित्राउदासम्म तिर्नुपरेको कर र प्रति दिन महानगरपालिकालाई तिर्नुपर्ने कर अग्रिम जोडेर भेडा च्याङग्राको मुल्य निर्धारण गरेको बताउछन्।

यस बर्ष कर धेरै लागेकोले गर्दा र मुस्ताङ ,मुगु, डोल्पा लगायतका क्षेत्रमै भेडा च्याङग्राको मुल्य केहि बृद्धि भएकोले गर्दा गत बर्षको तुलनामा प्रति भेडा च्याङग्रा २/३ हजारसम्म महङगो भएको भेडा च्याङग्रा व्यवसायी छेवेल लामाले पोखरा न्यूजलाई बताए । यस बर्ष उनले ३ सय वटा भेडा च्याङग्रा पोखरामा ल्याए पनि हालसम्म एक सय ५० भन्दा बढी बिक्रि हुन बाँकी रहेको बताए । १८ देखि २४ हजारसम्म मुस्ताङमा भेडा च्याङग्राको मुल्य परेको बताउदै लामाले पोखरामा आउदा सम्म विभिन्न ठाँउमा कर तिर्नुपर्ने कारणले गर्दा २५ देखि २९ हजारसम्म पोखरामा बिक्रि गरेको बताए । ‘हामीले अन्नपुर्ण गाउँपालिका, पोखरा महानगरपालिका, बनसमिति लगायतलाई कर तिर्नुपरेको छ जसको मार खरिद गर्ने व्यक्तिलाई हुने हो, हामीले त लागेको मूल्य जोड्नै पर्यो नि’ – उनले भने ।

पोखरा महानगरको नाममा ठेकेदार नविन आलेमगरले शनिबार याम्दिमा २ सय ७० वटा भेडा, च्याङ्ग्राबाट उठाएको एकदिनको करको रसिद

सुरेन्द्र गुरुङले यस बर्ष २ सय ६० वटा कालो जातको च्याङग्रा पोखरामा बिक्रिको लागि ल्याएका छन। २२ देखि २३ हजारमा मुस्ताङको बारगाँउ मुक्तिनाथ क्षेत्रबाट प्रति च्याङग्राको मुल्य परे पनि पोखरासम्म आउदा विभिन्न ठाँउमा कर तिर्दा प्रति च्याङग्रा २ सय रुपैया भन्दा बढी लागेको गुनासो गरे । उनले भने-  ‘महानगरले दिनको १५ रुपैया एउटा भेडा, च्याङग्राको उठाएको छ १०/१२ दिन सम्मको कर तिर्दा त्  महँगो हुन्छ  नि।’ गुरुङले याम्दीको खाली चौरमा च्याङग्रालाई चराउदै प्रति च्याङग्रा २४ देखि २७ हजारसम्म बिक्रि गर्न थालेका छन । च्याङग्रालाई व्यबस्थित गरी कुनै अस्थाई खोरमा राखेर बिक्रि गर्न खोज्दा प्रति खोर २५ हजारसम्म पर्ने गरेको उनले गुनासो गरे ।

दशैं पर्वलाई लक्षित गरी भेडा च्याङग्रा व्यापारिहरुले केहि दिन अघि देखि पोखरा क्षेत्रमा भेडा च्याङग्रा भित्राए पनि आज (शनिबार) देखि भेडा च्याङग्रा किन्नेहरुको पोखराको याम्दी क्षेत्रमा भिड भाड् लागेको छ ।

यस बर्ष पनि मुस्ताङबाट १६ हजार ५ सय भेडा च्याङग्रा मुस्ताङबाट बाहिरिएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी अन्र्तगत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक शिवलाल भुषालले बताए । नेपाल खाद्य संस्थानले यस बर्ष करिब एक हजर भेड च्याङग्रा काठमाण्डौं लगेको छ भने अन्य व्यपारिले करिब ५ हजार जसो काठमाण्डौं लगेको बताइन्छ ।

सप्तमीको अघिल्लो दिन सोमबार देखि पोखराको पुरानो टुडिखेलमा दशैं हाट मेला संचालन हुने भएको छ । उक्त हाट मेलामा भेडा च्याङग्रा, देखि दैनिक उपभोग्य बस्तु तथा दशेैं पर्वमा आवश्यक सामाग्रिहरु सहितको खरिद बिक्रि हुने भएको छ । राष्ट्रिय माविले विभिन्न व्यापारिसंग व्यवसायी शुल्क लिने भएको छ ।

हाल पुरानो टुडिखेलमा १५ वटा भेडा च्याङग्राको लागि खोर बनाइएको बिद्यालयका शिक्षक नारायण चापागाइले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button