‘पाँच वर्षमा सुकुमबासी समस्या अन्त्य हुन्छ’

पोखरा न्यूज -२९, असोज ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताएकी छिन् ।

बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगौडा जोड्ने मेङखोलामा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटनका क्रममा हिजो उनले भूउपयोग नीतिको कुरा अन्तिम चरणमा पुगेको उल्लेख गर्दै भूमी ऐन संशोधन गरेर पाँच वर्षभित्रमा सुकुमबासी समस्या समाधान गरेरै छाड्ने बताइन् ।

उनले मन्त्रालयले मालपोत र नापी कार्यालयमा थालेको शुद्धीकरण अभियानलाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाइन् । कार्यालयमा काममा ढिला सुस्ती गर्ने कर्मचारी र सार्वजनीक जग्गा हड्पने लाई सुचना पाउना साथ तत्काल कार्बाही गरिने उनले बताइन् । मन्त्री अर्यालले सरकार सहकारीको क्षमता विकास गदै व्यवस्थीत गर्ने अभियानमा लागेको जानकारी दिइन ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य खिमबहादुर विश्वकर्मा, प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, दीपकचर्ती मगर, लगायतले सम्बोधन गरेका थिए । मेङखोलामा निर्माण गरिएको सो पुल रु दुई करोड ९४ लाख ३२ हजार २१४ रुपैयाको लागतमा सम्पन्न भएको बताइएको छ । पुलको निर्माणसँगै स्याङ्जा र तनहूँका जनतालाई आवतजावतमा सहजता भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button