पोखरामा एक अर्ब बढीको लगानीमा हेरीटेज होटल संचालनमा

डिएनबी, पोखरा न्यूज- २९, असोज ।

पर्यटनको सिजन सुरु भएसंगै पोखरामा चारतारे स्तरको एक होटल संचालनमा आएको छ। पोखराको लेकलाइडमा विगत ८ बर्ष लगाएर निमार्ण भएको हेरीटेज होटल सुईट एण्ड स्पाः ले पोखरामा प्रारम्भिक रुपमा सेवा सुरु गरेको हो ।

पर्यटनको सिजन सुरु भएसंगै गुणस्तरिय पर्यटकहरुलाई अकषर्ण गर्ने उद्धेश्यले सोमबारदेखि अनौपचारिक रुपमा होटलको सेवा संचालनमा आएको होटलका अध्यक्ष रबिचन्द्र हमालले बताए । गुणस्तरिय पर्यटकको लागि होटलमा धेरै कला संस्कृति झल्कने बिषय बस्तुहरु समेट्ने प्रयास गर्दा होटल निमार्ण गर्न करिब ८ बर्ष लागेको अध्यक्ष हमालको भनाइ छ । पर्यटन क्षेत्रमा विगत ४ दशक देखि लाग्दै आएका अध्यक्ष हमालले आफ्नो ठुलो पुजी पोखरामा लगानी गरेको बताए । करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलमा हालसम्म एक अर्ब भन्दा बढी लगानी भएको उनले दाबी गरे ।

होटलमा ५० वटा कलात्मक रुमहरु रहेको बताउदै अध्यक्ष हमालले अनौपचारिक रुपमा सोमबार देखि २४ वटा रुमहरु संचालनमा ल्याएको बताए । नेपालको पुरानो कला, कौशल प्रयोग गरी सोहि अनुसाको वातावरणको अनुभूति दिलाउने गरि होटल तथा होटल भित्रका रुमहरु तयार पारिएको अध्यक्ष हमालले जनाए । होटललाई नेपालको परम्परागत तवरको कलात्मक होटलको रुपमा चिनारी दिन आफुहरुले सक्दो प्रयास गरेको हमालले बताए ।

होटलमा १८ वटा स्विट डिलक्स रुम रहेको जनाउदै हमालले १ सय १० डलर देखि १ सय ५० डलरसम्मका रुमहरु होटलमा उपलब्ध भएको उल्लेख गरे । उक्त होटलमा मुख्य गरी तीन वटा छुट्टा छुट्टै तीन वटा भवनहरु रहेका छन। प्रारम्भिक चरणमा अघिल्लो भागको भवन संचालना ल्याइएको उक्त होटलमा भक्तपुरे इटा, पुराना काठ, कलात्मक ढुंगा , सिमेन्ट , वालुवा जस्ता सामग्रीको प्रयोग गरिएको बताइएको छ ।

होटल भित्र हेल्थ क्लव, स्टिम, साउना रुम, ज्याकुजी, थेरापि, पुलवार, ५ सय क्षमताका दुईवटा सभाहल, पार्किङको सुविधा, भरियाको सुविधा, सुईमिङ पुल, रेष्टुरेण्ट तथा वार सहितका सुविधा भएको अध्यक्ष हमालले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button