पोखराका धार्मिक गन्तव्यहरुमा भक्तजनको भिड्

डिएनबी, पोखरा न्यूज- ३०, असोज ।

पोखराका धार्मिक पर्यटकीय गन्तव्यहरुमा यतिवेला भक्तजनहरुको भिड लाग्न थालेको छ । भगवान दुर्गाको प्रतिमा रहेका मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्न थालेको हो । दशैं पर्वको घटस्थापना देखि पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिर, ताल वराही मन्दिर, भद्रकालि मन्दिर, अकलादेबि मन्दिर, केदारेश्वर महादेव मन्दिर परिसरमा रहेको दुर्गा मन्दिर लगायतका मन्दिरमा भक्तजनहरुको भिड लाग्न थालेको हो ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मन्दिरमा टाढा–टाढाबाट समेत भक्तजन आउन थालेसंगै विभिन्न दुर्गा मन्दिरहरुमा भक्तजनको भिडभाड भएको बताइन्छ । नवदुर्गाको नौ वटै देवीको पूजा गर्दै मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ भक्तजनाहरु टाढाबाट मन्दिरमा घण्टौं लाईनमा बसेर पुजा आजा गर्ने गर्दछन । मन्दिरमा हरेक वर्षझैं यस बर्ष पनि नवदुर्गाको अवसरमा विन्ध्यवासिनी नवदुर्गा महोत्सव–२०७५ जारी रहेको छ ।मन्दिरको महिमा चिरकालसम्म जोगाउन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मन्दिरको आवश्यक संरक्षण, प्रचारप्रसार तथा दर्शनार्थीलाई पूजाआजामा सहज बनाउन विभिन्न सुविधा थप्दै आएको छ ।

वरिपरी थुम्कोमा रहेको यो मन्दिरमा जान असहाय तथा वृद्धवृद्धाको लागि लिफ्टको व्यवस्था हुँदैछ । समिति अध्यक्ष समेत रहेका समाजसेवी गणेश बहादुर श्रेष्ठको पहलमा सुजल फुड्स एक्लैले ८० लाख रुपैयाँ लागतमा लिफ्ट तयार गर्न लागेको हो । लिफ्ट कात्तिक महिनाभर निर्माण सम्पन्न गर्ने समितिको योजना रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

मन्दिरमा घटस्थापनामा नवदुर्गाको नौरुपको झाँकीसहित महानवमीको दिनसम्म दैनिक भागवत् कथावाचन हुने गर्दछ । समितिले पूजाआजामा व्यवस्थित गर्न १२ वर्षयता महानवमीमा नवदुर्गा महोत्सव गर्दैआएको समिति सचिव तीर्थ श्रेष्ठले बताए । मन्दिरमा दैनिक कम्तीमा एक हजारदेखि १० हजारसम्म भक्तजन आउँछन् । महोत्सव अवधिभर मन्दिरमा करिब डेढ लाख दर्शनार्थी भित्रिने अपेक्षा गरिएको छ ।

फेवातालबीचको तालबाराही र पोखराको भद्रकालीस्थित भद्रकाली मन्दिरमा पनि नवदुर्गामा भक्तजनको भीड लाग्छ । यो क्रम कोजाग्रत पूर्णिमासम्म चल्छ । मन्दिरको आ–आप्mनै महत्व छ । तालबाराहीमा वर्षमै सबैभन्दा बढी भीड कोजाग्रत पूर्णिमामा हुने गर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button