पोखरामा भेडा च्याङग्राको मुल्य ३० देखि ५० प्रतिशत सस्तियो

डिएनबी, पोखरा न्यूज – ३१, असोज ।

पोखरामा दशैं पर्वलाई लक्षित गरी भित्राइएका भेडा च्याङग्राको मुल्य ३० देखि ५० प्रतिशत सम्म सस्तिएको छ।   भेडा च्याङग्रा महङगो भएको भन्दै धेरै उपभोक्ताहरुले  चासो नदेखाएपछी व्यवसायिहरुले अन्ततः करिब ३० देखि ५० प्रतिशतको छुटमा भेडा च्याङग्रा बिक्रि गर्न थालेका हुन। दशैं पर्वको  महाअष्टमीसम्म पोखरा भित्रिएका करिब ५० प्रतिशत पनि  भेडा च्याङग्रा बिक्रि नभए पछि भेडा च्याङग्रा व्यवसायीहरुले पहिलाको मुल्यमा करिब ३० देखि ५० प्रतिशतसम्म छुटमा भेडा च्याङग्रा बिक्रि गर्न थालेका छन।

भेडा च्याङग्रा व्यवसायी अमृत रानाले फुलपातीसम्म २४ हजार, फुलपातीको बेलुका २० हजार र बुधबार महाअष्टमीमा १५ हजारमा भेडा च्याङग्रा बिक्रि गरेका छन। उनले पोखराको याम्दी क्षेत्रमै भेडा च्याङग्रा बिक्रि गर्दै छन भने यस बर्ष १ सय ७५ वटा भेडा च्याङग्रा बिक्रिको लागि पोखरा ल्याएका थिए । सुरुमा २४ हजार देखि २० हजारसम्म पर्ने भेडा च्याङग्रा बुधबार बेलुका देखि १२ हजार देखि १८ हजारसम्ममा बिक्रि भएको छ ।

त्यस्तै पोखराको पुरानो टुडिखेलमा घोरेपानी उल्लेरिका विनोद पुनले यस बर्ष एक सय वटा भेडा च्याङग्रा बिक्रिको लागि ल्याएपनि धेरै उपभोक्ताहरुले सुरुमै च्याङग्रा महङगो भएको भन्दै किन्न नआएकोले गर्दा आफुहरुको हालसम्म २५ प्रतिशत पनि व्यपार नभएको गुनासो गरे । २१ हजारमा बिक्रिको लागि फुलपातीको अघिल्लो बेलुका देखि खोरमा भेडा च्याङग्रा राखेका उनले हाल १२/१३ हजारमा भेडा च्याङग्रा बिक्रि गर्न बाध्य भएका छन। उनले भने “ हामीले मुस्ताङमा खोरमै गएर प्रति भेडा च्याङग्रा १८ हजार ५ सयमा खरिद गरे पनि दश दिन लगायर बिक्रिको लागि पोखरा ल्याउदा पनि हामीले मुस्ताङकै मुल्य पनि नपर्ने भयो । ”

पुन र राना मगर जस्ता धेरै व्यवसायिहरुले यसपालि आफुहरुले सोचे अनुसारको भेडा च्याङग्राको व्यपार नभएको जनाएका छन। फुलपातीको अघिल्लो दिनदेखि हरिचोक, याम्दी हुदै हेमजासम्मको क्षेत्रमा भेडा च्याङग्रा किन्नेको भिड लागेको छ। व्यवसायिहरुले यस बर्षको सुरुवातमा अघिल्लो बर्षको तुलनामा केहि रकम महङगोमा बिक्रि गर्दा धेरै उपभोक्ताहशरुले भेडा च्याङको बिकल्पमा खसि वोका तथा कुखुरा रोजेका छन। हिमालपारी जिल्लामा जडिवुटि खाएर हुर्कीएका भेडा च्याङग्रा खादा स्वास्थ्यका दृष्टिले पनि फाईदाजनक हुने जनविश्वासका आधारमा दशैंमा भेडा च्याङग्रा खाने गरेको पाइन्छ ।

सप्तमीको अघिल्लो दिन सोमबार देखि पोखराको पुरानो टुडिखेलमा दशैं हाट मेला संचालन भएको छ । उक्त हाट मेलामा भेडा च्याङग्रा देखि दैनिक उपभोग्य बस्तु तथा दशेैं पर्वमा आवश्यक सामाग्रिहरु सहितको खरिद बिक्रि भएको छ । मेलामा राष्ट्रिय माविले विभिन्न व्यापारिसंग व्यवसायी शुल्क लिएको छ । हाल पुरानो टुडिखेलमा १५ वटा भेडा च्याङग्राको लागि खोर बनाइएको बिद्यालयका शिक्षक नारायण चापागाईले बताए ।

पोखरा महानगरपालिकाले प्रति दिन प्रति भेडा च्याङग्राको १५ रुपैया कर उठाउने व्यबस्था गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button