पोखराबाट दशैंको दिनमा २ सय देखि २ सय ५० गाडी संचालनको व्यबस्था मिलाउछौ- केसी

लामो दुरीको यात्राको लागि ढिलोमा एक घण्टामा सेवाको व्यबस्था मिलाइने

डिएनबी, पोखरा न्यूज – ३१, असोज ।

पृथ्बी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र बहादुर केसीले पोखरामा दशैंको दिनमा २ सय देखि २ सय ५० गाडी संचालनको व्यबस्था मिलाउने बताएका छन। पोखराबाट पुर्व, पश्चिमको धेरै जसो ठाँउमा जाने यात्रुहरुलाई लक्षित गर्दै आफुहरुले दशैंको दिनमा सो सेवा प्रदान गर्न लागेको महासचिव केसीले जनाए ।

उनले नेपालीको महान पर्व विजयादशमी पर्वको अवसरमा दशैैंको टिकाको दिनमा लामो दुरीको यात्रा गराउनको लागि ढिलोमा एक घण्टामा सेवाको व्यबस्था मिलाउने बताएका छन।  उनले भने “ टिकाको दिनमा  धेरैलाई आफन्तजनकोमा टिका जमरा र आर्शिवाद थाप्न भ्याई नभ्याई हुनेहुदा हामीले छोटो तथा लामो दुरीको यातयात सेवा दिन तयारी अबस्थामा रहेका छौ ।” अन्य दिनको तुलनामा धेरै यात्रुहरु लामो दुरीको यात्रा नगरे पनि केहि यात्रुहरुलाई भने आफुहरुले प्रथामिकता दिएरै ढिलोमा एक घण्टा भित्र सेवा दिने प्रवन्ध मिलाएको उनले जनाए ।

उनले भने “ हामीले यातायातको राम्रो व्याबस्था मिलाएका छौं, यदि कुनै यात्रुले घण्टौं समय लागेर बस कुर्नु परेमा ९८५६०२०६६६ मा सम्पर्क गर्नू होला ढिलामा एक घण्टा भित्र सेवा दिने गरी हामीले ब्याबस्था मिलाउने छौं । ” दशैं पर्वलाई लक्षित गरी समितिले अग्रिम टिकट खुल्ला गर्दा करिब २५ हजार जना यात्रुले टिकट काटेर यात्रा गरेको महासचिव केसीले बताए ।

यसैचिब, विजयादशमी अर्थात टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाविसमा सार्वजनिक यातायातलाई सहज बनाइने भएको छ । विजयादशमीको दिन नगरबासीले सहज रुपमा यात्रा गर्न पाउँन भनेर पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको पहलमा सार्वजनिक यातायातलाई सजह बनाउन लागिएको हो ।

पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले समितिमा आवद्ध बस मध्ये ५० प्रतिशत बसले उक्त दिन सेवा दिने बताए । उनका अनुसार १ सय ५० भन्दा बढी बसले उक्त दिन सेवा दिनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button