काँकडभिट्टाबाट पोखरा आउदै गरेको बस दुर्घटनामा तीनको मृत्यु, २३ जना घाइते

पोखरा न्यूज  – ०२, कार्तिक ।

काँकडभिट्टाबाट पोखरा आउदै गरेको बस दुर्घटना हुँदा  ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

चितवन इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान  ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामामा खस्दा  तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले  जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो ।

त्यसैबीच माडीमा हात्तीको आक्रममणबाट एक किशोरको मृत्यु भएको छ । माडी नगरपालिका–३ धुवामा खेतको धान कुर्दै गरेका स्थानीय १५ वर्षीय रवि चौधरीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

घटना राति १२ः३० बजे भएको प्रहरीले जनाएको छ । रातको समयमा जङ्गली हात्तीले धान खान थालेपछि माडीवासी जाग्राम बसेर हात्ती लखेट्ने गर्दछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button