स्याङजामा जिप दुर्घटना हुँदा एकको मृत्यु , १९ घाइते

पोखरा न्यूज – ०४, कार्तिक ।

स्याङजामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना  घाइते भएका छन् ।

सिरौसाबाट गल्याङतर्फ जादै गरेको लु १ ज ३३८० नम्बरको पिकअफ जिप स्याङ्जाको गल्याङ नगरपालिका -७  पिढिखोलाको गारन्दीमा दुर्घटना हुँदा गल्याङ- ०७ का  ३२ वर्षीय राम प्रसाद भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ  । दुर्घटनामा परि घाइते भएका  १९ जनालाई उपचारको लागि लुम्बिनि मेडिकल कलेज प्रभास पठाइएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

जिप ब्रेक क फेल भइ सडक देखी अन्दाजी १० फिट तल खसेको प्रहरीले जनाएको छ । आइतबार दिउसो करिब १ :३०  बजेको समयमा  जिप दुर्घटनामा परेको हो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button