पोखरा चाइनापुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ घाइते

पोखरा न्यूज – ०५, कार्तिक ।

पोखरा महानगरपालिका – ०९ चाइनापुलमा सोमबार ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् ।

अंमरसिंह चोकबाट पृथ्विचोकतर्फ आउदै गरेको  ना ४ ख ९१०४ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको बा २४ प ५८७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा  मोटरसाइकलमा सवार दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चितवन घरभई  जिरो कि.मि. बस्ने मोटरसाइकल चालक ३६ बर्षीय विजय थापा र  पछाडी सवार काठमाडौं घरभई  फिर्के बस्ने  ५३ बर्षीय बालकृष्ण सापकोटा रहेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जनाएका छन् ।

घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button