लमजुङमा बाल्टीनको पानिमा डुबेर बालिकाको मृत्यु

पोखरा न्यूज- ०५, कार्तिक ।

लमजुङमा बाल्टीनमा राखेको पानिमा डुब्दा एक बालिकाको ज्यान गएको छ ।

सुन्दरबजार नगरपालिका -०६ शितलचौताराका रामशरण परियारकी १५ महिनाकी छोरी लिजा परियारको आफ्नै घरमा बाल्टीनमा राखेको पानिमा खेल्ने क्रममा  डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब ९ बजेको समयमा बालिका बाल्टीनको पानिमा खेल्ने क्रममा डुबी बेहोस भएपछि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button