कास्कीको माछापुच्छ्रे गाउपालिकामा मापसे गरी कुटपिट गर्ने ६ जना पक्राउ

पोखरा न्यूज – ०५, कार्तिक ।

कास्कीको माछापुच्छ्रे गाउपालिकामा मादक पदार्थ सेवन गरी कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

माछापुच्छे गाउपालिका – १ स्थित हिमाली आधारभुत विद्यालयको खेल मैदानमा शनिबार सम्पन्न मैत्रिपुर्ण खेलमा भएको सामान्य बिवादको बिषयलाई लिएर कुटपिट गर्ने ६ जनालाई पक्राउ  गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा  माछापुच्छे गाउपालिका – १ का ३० बर्षीय  खजना गुरुङ, २० बर्षीय विधान गुरुङ, २४ बर्षीय दले गुरुङ, २५ बर्षीय  लक्ष्मण गुरुङ, २२ बर्षीय उमेश गुरुङ र ३० बर्षीय हिमाल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङले बताए ।

खेल सकिएपछि मिर्सा गाउका युवाहरुले  लाठी प्रहार गरि रुम्जा गाउका चन्द्र कुमारी पुन, धन बहादुर मगर, आनन्द कुमार पुन, र सुजन पुनलाई सख्त घाइते बनाएको प्रहरीले उल्लेख गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button