अरुणखोलामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुग्यो

पोखरा न्यूज – ०६, कार्तिक ।

गण्डकी प्रेदेश अन्तर्गत नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका -११ अरुणखोलामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नम्बरको बस आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएको जनाएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाको सोहि दिन उपचारको क्रममा मृत्यु भएको हो ।

यसअगावै मृत्यु हुनेमा गुल्मी हस्तचौर गाउँपालिका–२ का ३५ वर्षीय तिलक विष्ट, मोरङ सुन्दरहरैचा–१२ का ११ वर्षीय बालक सुहन कार्की, भोजपुर हतुवागढी–६ का २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी र भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन् ।

दुर्घटनामा घाइते भएका १५ जना उपचारपश्चात् घर फर्किसकेको र २० जनाको भरतपुरमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button