स्याङ्जामा जिपको ठक्करबाट एकको मृत्यु , १ घाइते

पोखरा न्यूज – ०६, कार्तिक ।

स्याङ्जामा जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गल्याङतर्फ जादै गरेको लु १ च ७२५६ नम्बरको पिकअप जिपले विपरित दिशाबाट आउदै गरेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई स्याङजाको गल्याङ नगरपालिका-१ मालुङ्गामा ठक्कर दिदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरमै सवार अर्का व्यक्ति घाइते भएका छन् ।

दुर्घटनामा परि गुल्मी मालिका गाउपालिका-१ की रुपा थापा मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका रुपाका श्रीमान महेश पुन मगरको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको पुरीले जनाए ।

प्रहरीले सवारीसाधन र जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button