अस्लिल भिडियो खिची १ करोड माग्ने गोरखाका लामिछाने र पाँचथरकी उप्रेती पक्राउ

पोखरा न्यूज, ०८, कार्तिक ।

अस्लिल भिडियो खिची एक करोड रुपैया माग गर्ने गोरखाका एक व्यक्ति र पाँचथरकी एक युवतीलाइ प्रहरीले पक्राउ गरेको छ ।

एक व्यवसायीको भिडियो खिची पैसा नदिए यूट्युब तथा फेसबुकमा राखिदिने डर धम्की देखाई एक करोड माग गर्ने गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ–४ घर भइ हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती काठमान्डौबाट पक्राउ परेका हुन् ।

डर धम्की देखाईरहेको सूचनाका आधारमा लामिछानेलाई मंगलबार साँझ गौशालाबाट र उप्रेतीलाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उप्रेतीले ललितपुर कुपण्डोलका एक व्यवसायीलाई फेसबुकमा निशा अधिकारी नामबाट साथी बनाई आफ्नो घर झापा बुधवारे र नाम ईन्दु बताउदै काम छ भनि उनको नम्बर मागेकी थिईन ।

नम्बर पाउनासाथ गत असार ३ गते अफिसमा भेट्न गई व्यवसायीले थाहा नपाउने गरि मोबाईलको क्यामेरा खुल्ला राखी आफूले अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरि फर्किएकी थिईन ।

ईन्दिरा त्यहाँबाट हिडेपछि गणेश लामाको नाम बताउदै एक व्यक्तिले निज व्यवसायीलाई इमो मार्फत फोन गरि सो भिडियोको रेकर्ड आफूसँग रहेको भन्दै एक करोड रुपैया रकम माग गरेका थिए । यदि पैसा नदिए सामाजिक संजालमा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्काएका थिए ।

उनीहरुलाई अपराधिक लाभ (एक्टर्शन) को कसूरमा अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाईएको प्रहरीले जनाएको छ ।

स्रोत – नेपाल समाचार पत्र ( न्युज अफ नेपाल )

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button