म्याग्दीकी मुटुरोग पीडितलाई मिजार समाजको आर्थिक सहयोग

पोखरा न्यूज – ०८, कार्तिक ।

मुटु, पित्त र कलेजोमा गम्भीर समस्या भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ।

शहीद गङ्गालाल अस्पतालमा मुटु र पित्त तथा शिक्षण अस्पतालमा कलेजोको शल्यक्रियापश्चात् नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराइरहेकी १३ वर्षीया मिजारको उपचारमा सहयोग पर्याउने उद्देश्यले म्याग्दीस्थित मिजार समाजले रु २० हजार १५५ सहयोग गरेको हो।

बुधबार बेनीमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष सुकलाल किसानले मुटुरोग पीडित मिजार र उनका आमा नैना मिजारलाई सो रकम प्रदान गरेका थिए।

आफन्तको सहयोग र चन्दा सङ्कलन गरी शल्यक्रिया हुँदैआए पनि नियमित रूपमा अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने भएकाले राहतका लागि सहयोग गरिएको अध्यक्ष किसानले बताए।

घरमुली बुबाको निधन भएको र आमासमेत अपाङ्गता रहेका कारण सपनाको नियमित उपचारमा समस्या भएकाले थप सहयोगका लागि समाजले आह्वान गरेको छ।

सपना घरपरिवारकी जेठी छोरी हुन्। उनका दुई भाइ छन्। शल्यक्रियापश्चात् उनको अवस्था सामान्य रहे पनि एक वर्षसम्म हरेक महीना अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने सल्लाह चिकित्सकले दिएको सपनाकी आमा नैना मिजारले बताइन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button