होटल पोखरा ग्राण्डमा शनिबार ‘अक्टोबर फेस्ट’ हुँदै

पोखरा न्यूज – ०८, कार्तिक ।

पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डले कात्तिक १० गते शनिबार अक्टोबर फेस्ट’ आयोजना गरेको छ । होटल ग्राण्डको स्तुपा गार्डेनमा हुने उक्त कार्यक्रममा गायिका मीलन अमात्यसहित अन्य विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने महाप्रवन्धक रोशन खवासले जानकारी दिए ।

“कार्यक्रममा सहभागीहरुका लागि अनलिमिटेड बियर, स्न्याक्स तथा लन्चको व्यवस्था गरिएको छ”, उनले भने । कार्यक्रममा आकर्षक डोर प्राइजका साथमा रमाइला गेम तथा नृत्य र डिजे सेसनको पनि रमाइलो लिन सकिनेछ । दशैं पूर्णिमाको २ दिन पछि आयोजित अक्टोबर फेस्टमा पोखरा तथा आसपासबाट सहभागी आउने होटलको अपेक्षा छ ।

रिफ्रेसमेन्ट तथा मनोरञ्जनका लागि कार्यक्रम निकै फलदायी हुने हामीले विश्वास लिएका छौं,’ खवासले भने । कार्यक्रममा सहभागी हुनका लागि ३ हजार ९ सय ९९ रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button