पोखरा लामास्वाराबाट २ लाख नगद सहित कौडा खेल्ने ८ जना पक्राउ

पोखरा न्यूज – ०८, कार्तिक ।

पोखरा महानगरपालिका – ३१ लामास्वाराबाट कौडा खेल्ने ८ जना पक्राउ परेका छन् ।

उनीहरु २ लाख ९ सय ८० रुपैया नगद सहित लामास्वारा स्थित एक घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरी निरीक्षक गणेश सुबेदीको कमाण्डमा सादा पोशाखमा खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अबस्थामा उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा पोखरा तालचोकका ४३ बर्षीय बिनोद पाण्डे , शिशुवाका २८ बर्षीय अमर केसी, लामास्वाराका ६१ बर्षीय लोक बहादुर गुरुङ, ३५ बर्षीय रमेश गुरुङ, ३६ बर्षीय सुर्य बहादुर राना, २५ बर्षीय दिपक पुलामी मगर, ५२ बर्षीय बिर बहादुर गुरुङ र ३१ बर्षीय नुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनिहरलाई बिहिबार सार्वजनिक हित, स्वास्य , सुरक्षा र नैतिकता विरुद्धको कसुर मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button