पोखरामा ३ सय ५६ थान लागूऔषध सहित २ जना पक्राउ

पोखरा न्यूज – ०८, कार्तिक ।

पोखरा महानगरपालिका – ८ न्यूरोडबाट ठुलो मात्रामा लागू औषध सहित दुई व्यक्ति पक्राउ परेका छन् ।

३ सय ५६ थान लागूऔषध सहित पोखरा रत्नचोकका २३ बर्षीय सन्दिप गुरुङ र प्रस्याङका ३० बर्षीय अभिनाश गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध बिक्रि बितरण गर्न बोकेर हिडिरहेको अबस्थामा प्रहरी निरीक्षक गणेश सुबेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट २ सय ६१ थान एम्फुल (८७ थान डाईजापाम, ८७ थान फेनेरागन, ८७ थान बुर्फिनर्फिन ) र ९५ थान नाईट्रोजन चक्कि बरामद गरेको प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले उल्लेख गरे ।

जिल्ला प्रहरी कास्कीले नियमित रुपमा हप्तामा एक दिन गर्ने बिशेष चेकिङ (स्वीप अप्रेशन) को क्रममा उनीहरु पक्राउ परेको  प्रवक्ता  गुरुङले बताए ।

पक्राउ परेकाहरुलाई बिहिबार लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button