पिपिएल् : दोस्रो खेलमा बुटवल ब्लास्टर्सको सहज जीत

पोखरा न्यूज – १०, कार्तिक ।

कप्तान सोमपाल कामीको शानदार बलिङ प्रदर्शनको मद्दतमा पोखरा प्रिमियर लिगको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोज माथि ७० रनको जीत हासिल गरेको छ ।

टस जितेर फिल्डिङको निर्णय लिएको पारस खड्काको चितवनले बुटवललाई १३५ रनमै रोक्न भने सफल भयो । बुटवलका लागि ओपनर सागर पुनले ४६(४८) र शङ्कर रानाले ४८(४१) रनको योगदान दिए । सिद्धान्त लोहनीले पनि १७ रन बनाए । राइनोजका करन केसीले २ विकेट लिए भने बुटवलका दुई खेलाडी रनआउट हुन पुगे ।

प्रतिउत्तरमा १३६ रनको मध्यम लक्ष्य लिएर मैदानमा उत्रेको चितवनको ब्याटिङ लाइन पावरप्लेमै धरायशी हुँदै १६.५ ओभरमा ६५ रनमै सीमित हुन पुग्यो । पावर प्लेमै ६ विकेट गुमाउन पुगेको चितवनका लागि माथिल्लो क्रममा कप्तान पारस खड्काको १० रन नै सर्वाधिक बन्न पुग्यो । त्यस्तै भुवन कार्कीको  १९ रन नै चितवनको पुरै इनिङमा सर्वाधिक योगदान रह्यो । बलिङतर्फ सोमपाल कामीले शानदार बलिङ गर्दै आफ्नो ४ ओभरको कोटामा १३ रन खर्चेर ४ विकेट चट्काएपछी चितवन खेलमा कुनै पनि समय जीतको लयमा देखिएन । बुटवलका ललित भण्डारीले पनि दुई विकेट लिए ।

आजै दोस्रो खेलमा हुलास काठमाडौं रोयल्स र एक्सपर्ट धनगढी ब्लुज भिड्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button