‘अहिलेको सरकारले जनतालाई निराशामात्रै दिएको छ’ : रवीन्द्र मिश्र

पोखरा न्यूज – ११, कार्तिक ।

विवेकशील साझा पार्टीका सँयोजक रवीन्द्र मिश्रले  अहिलेको सरकारले जनतामा घोर निराशाको प्रवाह गरेको बताएका छन् ।

साझा विवेकशील पार्टीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यति शक्तिशाली सरकारले यस्तो व्यवहार देखाउनु विडम्वना भएको प्रतिक्रिया दिए । पत्रकार सम्मेलनमा बोल्दै मिश्रले पुर अधिकारसम्पन्न सरकार हुँदा पनि अरुलाई दोष दिएर अरुका कारणले आफुहरुले केहि गर्न नसकेको बताउनु सरकारको लज्जास्पद व्यवहार भएको बताए ।

‘कसैले आलोचना गरेको देख्न नसक्ने अनि आफ्ना कार्यकर्तालाई अरिंगाल भएर जाइलाग्न निर्देशन दिने सरकारको नेतृत्व देखेर साँच्चै विरक्त लागेर आउँछ ।’ उनले भने ‘सरकार आफ्नो कार्यशैलीमा पुरै फेल भैसकेको छ ।’ सरकारको जस्तै लाचारीपना प्रमुख प्रतिपक्षी दलको पनि देखिएकोले जनतामा झन् बढि निराशा प्रवाह भएको उनले बताए ।

जनताको अपेक्षा पुरा गर्ने सम्बन्धमा केहि पनि गर्न नसकेको सरकार र उस्तै प्रतिपक्षका कारण अब वैकल्पिक शक्ति नरोजी जनताले सुखै नपाउने उनले दाबी गरे । ‘अब त जनताले पनि हामी अहिलेसम्म भ्रममा रहेछौँ भन्ने कुरा महशुस गरिसकेका होलान् ।’ उनले भने–‘त्यसैले अब परिवर्तन आफ्नै पालामा हेर्ने हो भने विवेकशील साझा पार्टीलाई नै रोज्न म सबैसमक्ष आग्रह गर्दछु ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button