भुटानको विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रमा

पोखरा न्यूज – १३, कार्तिक ।

भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन तथा अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहेन छन् ।

अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले उक्त टोलीलाई लमजुङको अलैँचीको बारेमा जानकारी प्रदान गर्नेछ । आधुनिक अलैँची भट्टी निर्माण, बगानमा अलैँची लगाउने तरिका, अलैँचीका प्रकारका बारेमा तीन दिनसम्म बगैँचामा लगी जानकारी गराउने अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

उनका अनुसार भुटानका विज्ञ टोलीलाई दुई दिन बगानमै लगी जानकारी गराउने र एक दिन अलैँची प्रशोधनका बारेमा अभिमुखीकरण दिइने छ । नेपालमा गरिएको अलैँची खेतीको बारेमा जानकारी लिन १४ जनाको टोली नौ दिनका लागि नेपाल आएको भुटानका कृषि अनुसन्धान केन्द्रका जिग्म सिँङगेले बताए । उनका अनुसार भुटानबाट आएका १४ जना सबै कृषि क्षेत्रका विद्यार्थी हुन् ।

“मर्स्याङ्दी गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको अलैँचीको बारेमा धेरै कुरा सुनेको र नमूना अलैँची बगानको बारेमा जानकारी लिन भुटानबाट नेपाल आएका हौँ,” उनले भने, “भुटानमा लगाइएको अलैँची र नेपालमा लगाइएको अलैँचीमा थोरै फरक रहेछ । भुटानमा हामीले अलैँची सिधै आगोमा सुकाउँछन्, नेपालको तरिका छट्टै रहेछ । नेपालको प्रक्रियाअनुसार अब भुटानमा पनि आधुनिक अलैँची भट्टीको प्रयोग गरी अलैँची सुकाउँछन् ।”

त्यस्तै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा २५ जनाको टोली लमजुङको अलैँची बगानको अनुगमनमा आएका छन् । उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लमजुङ आएका व्यवसायी तथा अलैँची कृषकले सोमबार मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलामा लगाइएको अलैँची बगानको अवलोकन गरेका छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा ताप्लेजुङमा मात्रै वार्षिक दुई हजार ४८० मेट्रिक टन अलैँची उत्पादन हुने गर्छ । चार हजार ५०० हेक्टर क्षेत्रफल जग्गामा अलैँची लगाइएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button