विराटनगरलाई पहिलो जीत, बुटवलको हार

पोखरा न्यूज -१४, कार्तिक ।

अङ्कतालिकाको शीर्ष स्थानको बुटवललाई १२ रनले पराजित गर्दै विराटनगर टाइटन्सले पोखरा प्रिमियर लिगमा आफ्नो पहिलो जीत दर्ता गरेको छ ।

आज भएको दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनायो । विराटनगरका लागि मुहम्मद जाइद आलमले ७२(४५) रनको आकर्षक पारी खेल्दा प्रदिप एरीले पनि ४१(४३) रनको योगदान दिए । बलिङतर्फ बुटवलका ललित भण्डारीले सर्वाधिक २ विकेट लिए पनि अन्तिम ओभर बलिङ गर्ने क्रममा घाइते हुन पुगे । विपिन खत्री, सम्सेद सेख र सागर पुनले पनि १-१ सफलता प्राप्त गरे ।

जवाफमा १४१ रनको लक्ष्य लिएर उत्रेको बुटवल ब्लास्टर्सका विदेशी खेलाडी ब्याटिङमा जम्न नसक्दा हार बेहोर्न पुग्यो । उसका लागि सागर पुनले २९(३३) रन बनाउँदा भिम सार्कीले ५०(४२) रनको अर्धशतकीय योगदान दिए । शङ्कर रानाले २३(१६) तथा सिद्धान्त लोहनीले १५(६) तेज रन बनाएर टिमलाई लक्ष्य नजिक पुर्याए पनि माथिल्लो क्रमका खेलाडीले धेरै डट बल खेलेका कारण जीत दिलाउन असफल रहे । अन्तिम ओभरमा जीतका लागी लागि १३ रन बाकिँ रहेको स्थितिमा किशोर महतोले शानदार मेडन ओभर फ्याल्दै विराटनगरलाई १२ रनको जीत दिलाए । महतो र सन्दीप लामिछानेले २-२  विकेट लिएपछि बुटवल २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रनमा सीमित रह्यो ।

यससँगै विराटनगरले ४ खेलबाट २ अङ्क हासिल गर्दै प्रतियोगितामा आफुलाई गणितीय रुपमै भए पनि जीवितै राखेको छ । बुटवलको भने ३ खेलबाट ४ अङ्क छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button