पोखरामा रंग लगाउने क्रममा लडेर एकको मृत्यु

पोखरा न्यूज – १४, कार्तिक ।

पोखरामा रंग लगाउने क्रममा लड्दा बुधबार एक जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका -१८ सराङकोटमा निर्माणाधीन रिसोर्टको तेश्रो तलाबाट खसेर हेटौंडाका २५ बर्षीय राज कुमार मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारको लागि मणिपाल अस्पताल लगिएकोमा डाक्टरले चेकजांच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले उल्लेख गरे ।

प्रहरीका अनुसार मगर  निर्माणाधीन बाराही रिसोर्टमा रंग लगाउने क्रममा अकस्मात खस्न पुगेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button