पोखरा- ०६ जरेवरमा मोटरसाइकलको ठक्करबाट एक घाइते

पोखरा न्यूज – १४, कार्तिक ।

पोखरा महानगरपालिका – ०६ जरेवरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।

बुधबार ग १० प ४०७९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पोखरा- १७ ड्यामसाइडका ५६ बर्षिया बल बहादुर जिसी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए  ।

पुरीका अनुसार घाइते जिसीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

प्रहरीले मोटरसाइकल र चालकलाइ नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button