स्याङ्जामा प्याराग्लाइडिङ वल्र्ड कपमा सहभागि खेलाडीलाई होमस्टेमा राखिने

डीएनबी, पोखरा न्यूज – १४, कार्तिक ।

प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वल्र्ड कप २०१८ मा सहभागि हुने खेलाडीहरुलाई होमस्टेमा राखिने भएको छ । स्याङ्जाको स्वरेक मैदान (भिरकोट) र डौंवाफाँटमा यही कार्तिक १८ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा सहभागि खेलाडीहरुको टोलीलाई स्थानिय होमस्टेमा राखिने भएको  प्रतियोगिताका सचिवालयका प्रमुख अनन्त कुमार श्रेष्ठले बताए ।

भिरकोट नगरपालिका ८ स्थित ओखतीपानी होमस्टे र भिरकोट ९ मा रहेको शिरकोट होम स्टेमा प्याराग्लाइडिङ पाइलटहरुलाई करिब ४ दिनसम्म राखिने भएको श्रेष्ठले बताए । उनका अनुसार ओखतीपानी होम स्टेमा ३० घरमा करिब ६० जना र शिरकोटमा करिब १५ घरमा ३० जना प्यराग्लाइडिङ पाइटलहरुलाई राखिने गरि व्यबस्थापन गरिएको छ । स्याङजाको उक्त होमस्टे बाहेक केहिलाई स्थानिय होटल तथा टेण्टमा राखिने गरी व्यबस्थापन गरिएको छ ।

उक्त प्रतियोगिताको स्थानिय देखि प्राविधिक हिसावले आवश्यक  तयारी पुरा भएको मुल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सिता कुमारी सुन्दासले बताएकी छन् । सुन्दासका अनुसार पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ।  उनका अनुसार हालसम्म मित्र राष्ट्र भारत, चिन, एसियन सहित अमेरीकासम्मका गरी २१ देशका ९८ जना प्याराग्लाइडिङ पाइलटहरुले सहभागिताको लागि आफ्नो नाम दर्ता गराएका छन।

बिहिबार प्रतियोगितको उद्घाटन सहित अभ्यास खेल भए पनि शुक्रबार देखि मात्र प्रतियोगिहरुको अंक जोडिन्छ । एकै दिनम दुई राउण्ड अर्थात दुईवटा फ्लाईट गर्नुपर्ने हुन्छ ।

नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना), बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ वल्र्ड कप हुने भएको हो । जिल्ला समन्वय समिति स्याङजाको अगुवाइमा भिरकोट र वालिङ नगरपालिका सहितका स्थानिय निकाय एवं विभिन्न संघ संस्थाको सहयोगमा उक्त प्रसितयोगिता हुने भए पछि स्थानियहरु निकै उत्साहित भएको सचिवालयका प्रमुख श्रेष्ठले बताए ।

उक्त प्रतियोगिताको लागि सुरक्षा देखि रेस्क्यू टिम हुदै एम्बुलेन्स, हेलिकोप्टर समेतको राम्रो प्रवन्ध गरिएको संघका महासचिव समेत रहेका प्रतियोगितका संयोजक शैलेन्द्र राउतले बताए ।

बिहिबार पोखराबाट ¥याली सहितको प्याराग्लाइडिङ टोली स्याङजा बोर्डर हुदै प्रतियोगिता स्थल जाने भएको छ । स्याङजाका विभिन्न टोल टोलमा टोलीलाई स्वागत सत्कार गर्न विभिन्न संघ संस्थाले तयारी समेत गरेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button