सरकारले छान्यो गण्डकीका १७ नयाँ पर्यटकीय गन्तब्य, कास्कीमा मौजा होमस्टे र सिक्लेस

पोखरा न्यूज – १५, कार्तिक । सरकारले गण्डकी प्रदेशका करिब डेढ दर्जन स्थानलाई नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तब्यको रुपमा छनोट गरेको छ ।नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएका गन्तब्यहरु मध्येबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।

सम्भावना भएर पनि ओझेलमा परेका देशभरबाट प्रस्तावित ६ सय बढी स्थान मध्येबाट छानिएका १ सय भित्रका नयाँ पर्यटकीय गन्तव्यमा गण्डकी प्रदेशबाट १७ वटा गन्तब्य समेटिएका छन् । त्यसैगरी स्थापित तथा प्रबर्द्धन गरिनुपर्ने देशभरका १ सय भित्रका पुराना पर्यटकीय गन्तव्य मध्येमा गण्डकी प्रदेशबाट २३ वटा पर्यटकीय गन्तब्य परेका छन् ।

प्रदेशको कास्की जिल्लाका मौजा होमस्टे र सिक्लेस पर्यटकीय क्षेत्र नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तब्यको रुपमा छनोट भएका छन् । सरकारले कास्कीकै पोखरा, सराङ्कोट, पन्न्चासे र पुम्दिकोटलाई स्थापित तथा प्रबर्द्धन गरिनुपर्ने गन्तब्यका रुपमा छनोट गरेको छ ।

अन्य जिल्लामा मनाङको नार्फु ट्रेयल ( सेभेन पास ट्रेयल ), मुस्ताङ्को लोमान्थाङ दरबार र गुफा क्षेत्र, पर्वतको दुर्लुंङ्ग क्यानोनिङ्ग, केभिङ्ग, होमस्टे र महाशिला, स्याङ्जाको सतौ चण्डीकालिका र आलामदेव, बाग्लुङको भकुन्डे भैरब स्थान गाजाको दह र ढोरपाटन आरक्षण क्षेत्र, नवलपुरको दाउन्नदेवी तथा म्याग्दीको घोरपानी पर्यटकीय क्षेत्र र रघुगंगा रूइसे डाँडादेखि धवलागिरी आइसफल सम्मको पदमार्ग नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तब्यको रुपमा परेका छन् ।

त्यसैगरी मनाङको तिलिचो ताल र अन्नपूर्ण पदमार्ग, मुस्ताङ्को मुक्तिनाथ, जोमसोम र दामोदर कुण्ड, पर्वतको सालिग्राम सेतीवेणी र गुप्तेश्वर गुफा, स्याङ्जाको सिरुबारी र स्वरेक प्याराग्लाइडिङ खेलमैदान, बाग्लुङको कालिका भगवती मन्दिर , नवलपुरको मौलाकालिका तथा म्याग्दीको पुनहिल, तातोपानी र गलेश्वर स्थापित तथा प्रबर्द्धन गरिनुपर्ने पर्यटकीय गन्तब्यको रुपमा परेका छन् ।

नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तब्यमा तनहुँको सिद्ध गुफा र तनहुँ कालिका शहिद तथा शान्ति पार्क, लमजुङ्को काउलेपानी तथा गोरखाको चुमभ्याली (चुम्नुर्वी गाउपालिका) समेत परेका छन् । त्यसैगरी तनहुँको बन्दीपुर , लमजुङ्को घलेगाउँ तथा गोरखाको मनकामना मन्दिर गोरखा दरवार र मनास्लु सर्किट ट्रेयल स्थापित तथा प्रबर्द्धन गरिनुपर्ने पर्यटकीय गन्तब्यमा परेका छन् ।

यी हुन् सरकारले देशभरबाट छनोट गरेका नयाँ तथा विकास गर्नुपर्ने र स्थापित तथा प्रबर्द्धन गरिनुपर्ने १ सय / १ सय भित्रका पर्यटकीय स्थल

सार्वजनिक सूचनाका आधारमा प्राप्त आवेदनहरुको मुल्यांकन तथा विभिन्न निकायहरुवाट प्रकाशित जानकारी र सुझावका आधारमा नेपाल सरकारको मन्त्रिस्तरको निर्णय अनुसार एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई छनोट गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

‘नेपाल भ्रमण वर्ष’ २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नेपालको पर्यटन प्रवर्द्धनको लागी नयाँ गन्तब्य पहिचान तथा विकास गर्न सरकार लागिपरेको हो । सरकारले निर्धारित बजेटको आधारमा यसै वर्षबाट उल्लेखित पर्यटकीय गन्तब्यको विकासमा बजेट बाडफाड गरि खर्च गर्नेछ ।

सरकारले आ.व. ०७५/ ०७६ को बजेटमा पर्यटन क्षेत्रको विकासका लागि ५ अर्व २० करोड ३४ लाख रुपैया बिनियोजन गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button